मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

तु खबर संवाददाता
२०८१ जेष्ठ २,बुधबार १५:५४

मकवानपुर । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २, बाँसपानीमा मोटरसाइकल पल्टिँएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सोही स्थान बस्ने अन्दाजी २८ वर्षीय निर्मल सापकोटा र अन्दाजी ४३ वर्षीय कृष्ण अस्ताने मगर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बा ३४ प २५२ नम्बरको मोटरसाइकल पल्टिँएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुबै जना घाइते भएका हुन् ।

उनीहरू बाँसपानी बजारबाट आफ्नो घर फर्कने क्रममा बाँसापानीको भिरबाट अन्दाजी १० फिट तल खोल्चामा खसेका थिए ।

घाइतेमध्ये कृष्ण अस्ताने मगरलाई उपचारको लागि पुरानो मेडिकल कलेड चितवन पठाएको र सापकोटालाई थप उपचारको लागि चुरेहिल अस्पतालमा लगिएको जनाइएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।