मन्त्री श्रेष्ठको विज्ञ सल्लाहकारमा रिजाल

तु खबर संवाददाता
२०८१ जेष्ठ २,बुधबार १८:११

हेटौंडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एकालाल श्रेष्ठले तुलसी प्रसाद रिजाललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेका छन् ।

हेटौंडा ४ निवासी रिजाललाई विज्ञ सल्लाहकारमा मन्त्री श्रेष्ठले नियुक्त गर्दै बुधबार पदस्थापन गरेका हुन् ।

मन्त्रालयले उहाँलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री श्रेष्ठले बताए । मन्त्रालयले उनकोे बौद्धिकतालाई उच्चतम प्रयोग गर्दै प्रदेशको खानेपानी, उर्जा र सिँचाई नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा लिएको बताए ।

पदस्थापनपछि सल्लाहकार रिजालले आफ्नो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताए ।

विज्ञ सल्लाहकारले जनता र मन्त्रालयको अपेक्षा बमोजिम योजना बनाउने र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने बताए । उनले इमान्दारीतापूर्वक प्रदेश सरकारको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

समाजशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका रिजालले यसअघि भूमि सम्बन्धि समस्या समाधान आयोगको विज्ञ सदस्यको रुपमा काम गरिसकेका छन् । त्यसैगरी तत्कालिन कृषि विकास मन्त्रालयको सामाजिक समावेशी विज्ञको रुपमा मेचि अञ्चलको प्रमुख भई काम गरिसकेका छन् ।