समाचार

बुधबार शेयर बजारमा गिरावट

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा गिरावट आएको छ । साता कारोबारको पहिलो दिनदेखि नै बढ्दै आएको नेप्से परिसूचक आज दोहोरो अंकले गिरावट आएको हो । बुधबार नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घटेर २०१७ को विन्दुमा पुगेर रोकिएको छ । शेयर बजार घटेसँगै कारोबार...

मकवानपुरका पाख्रिनसहित तीन जना पक्राउ

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका–५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित मंगलबार तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर घर भएका २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङको लेटाङ नगरपालिका–६ बस्ने बल बहादुर लिम्बु...

एमाले संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरिएको छ । बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक आह्वान गरिएको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सरकारको नीति...

बागमती प्रदेश सभा बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । उक्त बैठकमा विशेष समय हुनेछ । विशेष समयमा प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो धारण, समस्या र सुझाव दिनेछन् । साथै आजको बैठकमा केही विधेयकहरु...

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । उनीहरुले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत...

आजको मौसमः हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ । त्यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली...

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

दाङ । दाङको बबई नदीमा दुई जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । मृत्यु हुनेहरुमा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियार रहेका छन् । उनीहरु भारतबाट फूपूको घरमा आएका...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ । मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको हो । बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि १२ वटा समूह बनाएर छलफल भइरहेको छ । समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले आज प्रस्तुत गरेर बैठक समापन गर्ने कार्यसूची रहेको सो...

एमाले तनहुँको अध्यक्षमा कँडेल निर्वाचित

तनहुँ । नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन् । प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । मंगलबार सम्पन्न मतगणनामा कँडेलले २ सय ९२ प्राप्त गर्दा सिग्देलले २ सय ४ मत प्राप्त गरेका थिए । यस्तै, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज...

वडा अध्यक्ष खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहारः सञ्चार सम्वद्ध संस्थाको ध्यानाकर्षण

मकवानपुर । समाचार संकलनका क्रममा प्रतिक्रिया लिन पुुगेका सौर्य दैनिकका संवाददाता छविलाल श्रेष्ठ र हिमालय टाइम्स/ प्रदेश सञ्चार डटकमकी संवाददाता मन्जिता मैनालीमाथि हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडा अध्यक्ष दीपक खड्काले दुव्र्यवहार गरेका छन् । वडाका एक चेपाङ परिवारको जन्मदर्तामा परेको कठिनाई सम्बन्धी समाचार संकलनका क्रममा प्रतिक्रिया लिन मंगलबार वडा...