बुधबार शेयर बजारमा गिरावट

तु खबर संवाददाता
२०८१ जेष्ठ २,बुधबार १५:३९

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा गिरावट आएको छ ।

साता कारोबारको पहिलो दिनदेखि नै बढ्दै आएको नेप्से परिसूचक आज दोहोरो अंकले गिरावट आएको हो ।

बुधबार नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घटेर २०१७ को विन्दुमा पुगेर रोकिएको छ ।

शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । आज नेप्सेमा कारोबार भएका ३१५ वटा कम्पनीको ८४ लाख ९० हजार कित्ता शेयर खरिद–बिक्री भएको छ भने ३ अर्ब ७० करोड रुपैयाको कारोबार भएको छ ।