एमाले संसदीय दलको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ जेष्ठ २,बुधबार ०९:४५

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरिएको छ ।

बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक आह्वान गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेका थिए । तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण संसद् अवरोध कायमै छ ।

कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।