समाचार
राप्रपा बागमती प्रदेशको संसदीय दलको उपनेतामा तामाङ
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश, संसदीय दलको उपनेतामा गिरबहादुर तामाङ मनोनीत भएका छन् । चितवन–३ (ख) बाट सांसद्मा निर्वाचित तामाङ शुक्रबार उपनेतामा मनोनीत भएका हुन् । उनीसँगै राप्रपा बागमती संसदीय दलको रिक्त ३ पदमा सांसदहरू मनोनीन गरिएको छ । जसमध्ये दलको प्रमुख सचेतकमा कुमारी तामाङ र...
एमाले मकवानपुरको अधिवेशन जेठ १८ र १९ गते हुने
मकवानपुर । नेकपा एमाले मकवानपुरको अधिवेशन आगामी जेठ १८ र १९ गते हेटौंडामा हुने भएको छ । एमाले मकवानपुरको सचिवालय बैठकले १२ औं जिल्ला अधिवेशनको मिति तोकेको एमाले जिल्ला सचिवालय सदस्य मदन कुमार दाहालले जानकारी दिए । उनका अनुसार, अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन् गर्ने कार्यक्रम रहेको...
डीभीको नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । अमेरिकाले प्रत्येक वर्ष संचालन गर्दै आएको डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको...
आप्रवासन विभागको सदस्यमा १० जना मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् । देउवाले केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेही प्रमुख रहेको आप्रवासन विभागको सदस्यमा १० जना मनोनीत गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मनोनयन हुनेमा चित्रबहादुर केसी, नविन शेरचन, राजेन्द्र...
आजको मौसमः आंशिकदेखि साधरणतया बदली
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...
बागमतीमा नेवाः/तामाङ भाषा सरकारी कामकाजको रुपमा लागू हुँदै
मकवानपु । बागमती प्रदेशमा यही वैशाख २४ गते सोमबारबाट नेपाल भाषा (नेवाः भाषा) र तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा लागू हुँदैछ । सो अवसरमा नेवाः द्वय दबु बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति, नेवा देय् दबु स्वनिगः विशेष प्रदेश समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको...
विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिँदै नेपाल सरकार
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण लिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय...
सर्वदलीय बैठकः बजेट अधिवेशन आह्वान गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेश, सर्वदलीय बैठकले प्रदेश सभाको बजेट अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेश सभा बैठक यही वैशाख ३१ गते बस्ने गरी प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । यस्तै, उक्त बैठकले प्रदेश सभा अन्तरगत...
हेटौंडामा वैदेशिक रोजगार पारिवारिक मिलन कार्यक्रम
मकवानपुर । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–३ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा आज एक दिवसीय वैदेशिक रोजगार पारिवारिक मिलन कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारीबाट फर्किएकाहरुको पारिवारिक झैझगडा तथा विघटन रोक्न र आपसी माया, सद्भाव एवम् आत्मीयता बढाउन मद्धत पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना...
भौतिक पूर्वाधार विकासको अभियानलाई जोड दिन्छौं: मुख्यमन्त्री
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अब प्रदेश सरकारले क्रमशः भौतिक पूर्वाधार विकासको अभियानमा जोड दिने बताएका छन् । मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेस्थित प्रदेश, शिक्षा विकास निर्देशनालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले प्रदेशमा विज्ञहरु तथा दक्ष जनशक्ति उत्पादन गर्ने...










