बागमती प्रदेशको बजेटः सामाजिक विकासको क्षेत्रमा केन्द्रित रहने
रमेश फुलेल
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट सामाजिक विकासको क्षेत्रमा केन्द्रित हुने गरी ल्याइने भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मंगलबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्दै यस्तो बताएका हुन् ।
उनले आगामी आवको बजेट गुणस्तरीय, सामाजिक सेवा प्रवाह तथा सुशासन प्रवद्धन, पूर्वाधार विकास निर्माणलगायतको क्षेत्रमा केन्द्रीत हुने बताए ।
उनले प्रदेशमा उपलब्ध स्रोतसाधनको दिगो आयोगमार्फत् प्रादेशिक अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आगामी वर्षको बजेट केन्द्रित हुने बताए ।
यस्तै, प्रदेश सरकारले सार्वजनिक नीजि तथा सहकारी क्षेत्रको सहभागिता एवम् सहकारीमा उत्पादनशील प्रतिफल दिने, रोजगारी श्रृजना गर्ने र पूँजी निर्माणको क्षेत्रमा लगानी गर्ने गरी बजेटलाई प्राथमिकता दिने बताए ।
