संसद् बैठकमा प्रधानमन्त्री शाहको राजिनामा माग
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको राजिनामा माग गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री बैठकमा नआएपछि शाहको राजिनामा मागिएको हो ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री संसद् बैठकमा आउने पर्नेमा उनले अर्थमन्त्रीलाई त्यसका लागि पठाएपछि विपक्षीहरुले प्रधानमन्त्रीलाई संसद् बैठकमा बोलाउन सभामुखसमक्ष माग गरेका छन् । उनीहरुले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने समेत माग राखेका हुन् । श्रम शक्ति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन् ।
प्रधानमन्त्री शाहले सार्वभौम संसद्को अपमान गरेकोमा सर्वत्र विरोध भइरहेको छ । यस अघि राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बैठक छोडेर बाहिरिएका थिए, यस विषयमा पनि प्रधानमन्त्री शाहको सबैतिर आलोचना भइरहेको छ ।
