नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता छलफलको लागि स्वीकृत
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहे्क सभामा छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहे्क सभामा छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन् ।
उक्त प्रस्तावमाथि यही जेठ ६ गते बस्ने बुधबार बिहान ११ बस्ने प्रदेश सभा बैठकमा छलफल हुने सभामुख पाठकले बताए ।
सो प्रस्ताव प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको तर्फबाट सभामा पेस गरेका थिए ।
प्रदेश सभाको अर्को बैठक भोलि जेठ २ गते बिहान ११ बजे बस्ने गरी सभामुख पाठकले आजको बैठक स्थगित गरे ।