समाचार
अवैध लागूऔषधसहित एक जना पक्राउ
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–२ बालुवाघाटबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २ सय ५० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित सोही उपमहानगरपालिका–८ धनगढी गाँउ बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।...
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय
काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले यसअघि गत २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक...
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनपछि वृद्धाको मृत्यु
काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधी सेवनपछि झापामा एक वृद्धाको मृत्यु छ । मृत्यु हुनेमा जिल्लाको भद्रपुर–१ निवासी ६५ वर्षीया एक वृद्धा रहेको जनाइएको छ । झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान जारी छ । उक्त अभियानको क्रममा बिहीबार हात्तीपाइले विरुद्धको औषधी सेवनपछि...
बागमती प्रदेशका वनमन्त्री पोखरेलको ७८ बुँदे प्रतिवद्धता सार्वजनिक
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेलले शुक्रबार ७८ बुँदे भावी कार्यदिशा तथा प्रतिवद्धता सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले आफु मन्त्रीका रुपमा नियुक्त भएपश्चात् पूरा गरिने जिम्मेवारीहरुलाई प्राथमिकताका आधारमा छनौट गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् । उनको प्रतिवद्धतापत्रमा समय सापेक्ष वन ऐन, नियमावली, वातावरण...
गण्डकी प्रदेशः संसद् बैठक आह्वान
पोखरा । गण्डकी प्रदेशको संसद् बैठक आह्वान गरिएको छ । बैठक यही वैशाख २३ गते आइतबार बस्ने गरी आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ । सो बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
७ जना उपसचिवको सरुवा, मकवानपुरमा श्रेष्ठ
काठमाडौं । गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । मन्त्रालयको वैशाख २० गतेको निर्णय अनुसार, उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसमध्ये ६ जना सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा तथा पदस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत झरेन्द्र प्रसाद चापागाईंलाई इलाका...
झापामा एक युवतीमाथि गोली लागेको आशंका
काठमाडौं । झापामा एक युवतीमाथि गोली लागेको आशंका गरिएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गरेकी एरिना अधिकारीमाथि गोली लागेको आशंका गरिएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गरेकी १८ वर्षीया उनलाई गोली प्रहार भएका भनिएपनि पुष्टि भइसकेको छैन...
एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा
चितवन । नेकपा एकीकृत समाजवादी पार्टी चितवनको अध्यक्षमा नरेन्द्रकुमार कन्दङ्गवा चयन भएका छन् । एकीकृत समाजवादी चितवनको १० औँ जिल्ला अधिवेशनबाट कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । पार्टीको बुधबारदेखि सुरु भएको अधिवेशनले बिहीबार राति नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा ईश्वरी लामिछाने...
रास्वपाको सचिवालय बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आह्वान गरिएको छ । बैठक पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बस्ने गरी आह्वान गरिएको हो । बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुने सो पार्टीको सचिवलायले जनाएको छ ।...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, त्यसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ...










