कांग्रेसका पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन
काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवम् पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ ।
रेग्मीको मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित रेग्मीको ७५ वर्षको उमेरमा निधन भएको हो ।
काठमाडौंमा उपचारमा सुधार हुन नसकेपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।
रेग्मी राष्ट्रिय सभाका पूर्वसदस्यसमेत हुन् । उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने जनाइएको छ ।
