विपन्न विद्यार्थीलाई पोशाक सहयोग

तु खबर संवाददाता
२०८१ जेष्ठ १, मंगलवार ०८:४७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयले एक विद्यालयका ६२ जना विपन्न विद्यार्थीलाई पोशाक सहयोग गरेको छ ।

वडा कार्यालयले श्रमिक माध्यमिक विद्यालय, हेटौंडा–४ मा अध्ययनरत बाल विकासदेखि ५ कक्षासम्मका ६२ जना विपन्न विद्यार्थीलाई पोशाक सहयोग गरेको हो ।

ती विद्यार्थीहरुलाई एक कार्यक्रमबीच विद्यालय पोषाक टिसर्ट, ट्राउजर, ज्याकेट, जुत्तालगायत प्रदान गरिएको हो ।

विद्यालयका विपन्न विद्यार्थी छनौट गरि अध्ययनलाई निरन्तरताको लागि पोशाक प्रदान गरिएको ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । उनले सामुदायिक विद्यालयको शिक्षालाई सुधार्न आफूले ध्यान केन्द्रीत गरेको बताउँदै शैक्षिक सुधार अभियानमा सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

कार्यक्रम विद्ययालय व्यवस्थापन समिति अध्यक्ष विवेक कार्कीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा वडा सदस्यहरू क्रमशः गीता त्रिपाठी, जग्गनाथ पाण्डे, व्यवस्थापन समितिका सदस्य रिता दाहाल, विशेश्वरी मलेकु, पिटिए अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, पूर्व विद्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठ, प्रधानाध्यापक श्रीराम दाहाल, अभिभावकललगायतको सहभागिता रहेको थियो ।