समाचार

एमाले जुम्लाको अध्यक्षमा महत

जुम्ला । नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत विजयी भएका छन् । महत एक सय ९४ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन् । प्रत्याशी धीरेन्द्रराज गिरीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये गिरीले भने एक सय ३५ मत मात्रै पाएका थिए ।...

नेप्से सूचक ७ अंकले घट्यो

काठमाडौं । बिहीबार नेप्से सूचक ७ अंकमाथिले घट्दै बन्द हुन पुगेको छ । लगातार तीन दिन बढेको नेप्से सूचक आज अन्तिम कारोबार दिन घट्न पुगेको हो । आज नेप्से सूचक ७ दशमलव ३१ अंकले घट्दै १९ सय ९८ दाशलव ९६ अंकमा झरेर रोकिएको हो । आज झण्डै सवा ४...

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डं) र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भएको हो । भेटको क्रममा उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही वैशाख १५ मा सम्पन्न इलाम–२ र बझाङ प्रदेश...

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश गरेको छ । आयोगले यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।...

घरमा आगलागी हुँदा एक दम्पतीको जलेर मृत्यु

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा गएराति आगलागी हुँदा एक दम्पतीको जलेर मृत्यु भएको छ । स्थानीय तेजबहादुर लामाको घरमा आगलागी हुँदा दम्पतीको मृत्यु भएको हो । मृत्यु हुनेमा ७० वर्षीय तेजबहादुर र उनकी श्रीमती ठूली तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका...

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्ने

काठमाडौं । बिहीबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो । सरकारका प्रवक्ता समेत रहेकी रेखा शर्माका अनुसार, मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ...

लागूऔषधसहित दुई जना पक्राउ

झापा । झापाको गौरीगंज गाउँपालिका–४ बारासुतिबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर ५ सय १० मिलिग्रामसहित बुधबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–१ बस्ने १९ वर्षीय लुखिराम बास्की र २३ वर्षीय योगेश राजबंशी रहेका छन् । उनीहरुलाई इलाका...

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैदिन तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागिएको हो । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा सार्वजनिक...

इनार खन्ने क्रममा निसासिएर २ जनाको मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर बुधबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्देश सुनुवार र ४६ वर्षीय दीपक सुनुवार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार, इनार खन्ने क्रममा...

अत्याधिक गर्मी बढेपछि दुई दिन विद्यालय बन्द

बुटवल । अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय विदा दिएको छ । उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा दुई दिन विदा दिएको हो । उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी सूचनामा वैशाख २० र २१ गते विद्यालयहरुमा विदा दिने निर्णय भएको उल्लेख...