समाचार
रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । रास्वपाले यही वैशाख २९ गते बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । समितिको बैठकमा उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल हुने जनाइएको छ । यस्तै, रास्वपाले यही...
बुधबार २७ सयले घट्यो सुनको भाउ
काठमाडौं । बुधबार एकैदिन सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार, अघिल्लो दिनको तुलनामा आज सुन २ हजार ७ सय रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।...
भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
इलाम । इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा आज बिहान मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । झापाबाट इलामतर्फ आइरहेको मे १ ज ३२६३ नम्बरको भ्यान सडकबाट ४०० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले...
अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्ने पक्राउ
बुटवल । अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक–पटक करणी गर्ने एक युवकलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, गुरुङमाथि एकल महिलालाई ब्ल्याक मेल गरी...
आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न चार प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना...
डढेलो निभाउँदा घाइते भएका रमेशको पनि मृत्यु
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक वनमा डढेलो निभाउन जाँदा घाइते भएका रमेश पहरीको पनि मृत्यु भएको छ । जिल्लाको गोदावरी–४ घर भएका ५० वर्षीय रमेशको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार डढेलोमा परेर गम्भीर घाइते भएका उनलाई उपचारका...
‘हकअधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान छ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले हकअधिकार प्राप्तिका लागि नेपाली जनताले गरेको कठोर संघर्षमा नेपालका श्रमिक वर्गको अविस्मणीय योगदान रहेको बताएका छन् । प्रदेश प्रमुख शर्माले बुधबार मनाईँदै गरिएको १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले नेपालमा पनि २००७...
आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाईँदै
मकवानपुर । आज मे महिनाको १ तारिख, संसारभरि नै वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाईँदैछ । यसलाई मे दिवस भनेर पनि चिनिन्छ । मे दिवसलाई समाजवाद अनि कम्यूनिज्मसँग तथा क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ । तर, यस दिनलाई श्रमिक अधिकारको वकालत...
बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष मधेसी आयोगले आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश प्रमुख शर्मालाई मंगलबार एक कार्यक्रमबीच मधेसी आयोगको सदस्य आभा कुमारीले सो आयोगको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । सदस्य कुमारीले नेपालको संविधानको धारा २९४ को उपधारा (३)...
प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त
काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतमलाई नियुक्त गरेका हुन् । उपकुलपतिका लागि सिफारिसमा परेका ३/३ जनामध्ये १/१ जनालाई नियुक्त गरेको प्रधानमन्त्रीको...










