बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ बैशाख ३०, आईतवार ०८:५७
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बागमती प्रदेशसहित देशको विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाले आज बिहान मौसमी बुलेटिन जारी गरी सोबारे जानकारी गराएको हो ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । वर्षा र हिमपातबाट दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । यो प्रणाली अघिल्लो दिनको तुलनामा आज बढी सक्रिय छ ।