थाहामा पाचौँ संस्करणको ब्याडमिन्टन प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी जेठ ९ गतेदेखि १० गतेसम्म संचालन हुने भएको हो ।
प्रतियोगिता थाहा–४ स्थित क्याम्पाडाँडाको ब्याडमिन्टन कोर्टमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी हुन टिम दर्ताको लागि आव्हान गरिएको छ ।
प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद २० हजार, १५÷१५ हजार नगदसहित मेडल प्राप्त गर्नेछन् ।