समाचार

वनमा लागेको आगो सल्केर गाउँमा आगलागी, १४ घर जलेर नष्ट

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नं ४ सानोकोटा गाउँमा आगलागीबाट १४ घर जलेर नष्ट भएका छन् । नजिकैको वनमा लागेको आगो फैलिएर गाउँमा सल्केरको आगलागीबाट १४ घर जलेर जष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार, प्रहरी र स्थानीयबासीको सहयोगमा गाउँको आगलागी पूर्ण रुपमा नियन्त्रणमा...

नक्कली नोटसहित दुई जना पक्राउ

पर्सा । पर्साको वीरगंज महानगरपालिका–९ घण्टाघरस्थित सडकबाट प्रहरीले नक्कली नोटसहित दुई जना पक्राउ गरेको छ । गएारति नेपाली १ हजारको दरको १ सय २३ वटा नक्कली नोटसहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत–४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुर्खेत । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, सिम्रुतु भन्ने स्थानमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले गिरी सवार रा ६ प ८५५८...

प्रदूषण बढेपछि अनिवार्य मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै काठमाडौंमा वायु प्रदूषण अत्यधिक रहेकाले सकेसम्म घर बाहिर...

डढेलो निभाउने क्रममा घाइते भएका शङ्करको मृत्यु

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा गम्भीर घाइते भएका शङ्कर पहरीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, आगो निभाउने क्रममा...

जसपाको केन्द्रीय निर्वाचन तदर्थ समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरिएको छ । केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकार बमोजिम पार्टीको केन्द्रीय कार्यालय समितिले अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा पाँच सदस्यीय तदर्थ समिति गठन गरेको हो । यस्तै, समितिको सदस्यहरूमा मनोजकुमार बर्मा, भुवनेश्वर चौधरी, आशा राई र देवनारायण यादव...

२६ अंकको वृद्धि भयो शेयर बजार

काठमाडौं । मंगलबार शेयर बजारमा वृद्धि आएको छ । लगातार तेस्रो दिन पनि नेप्से सूचक बढ्दै २ हजार अंकमाथि उक्लिएको हो । मंगलबार शेयर बजार झण्डै २६ अंकले वृद्धि हुन पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । नेप्सेका अनुसार, मंगलबार नेप्से सूचक २५ दशमलव ९३ अंकले बढ्दै...

१२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ

पोखरा । १२ कक्षाको प्रश्न पत्र आउट गरेको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा-११ फूलबारी बस्ने ३९ वर्षका नारायण बास्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् । पोखरा ११ फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा...

विभिन्न अभियानको घोषणा गर्दै नेसपा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले विभिन्न अभियान घोषणा गर्ने भएको छ । नेसपाले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न अभियानको घोषणा गर्न लागेको हो । बुधबार बिहान १० बजे शान्तिवाटिका, रत्नपार्कमा सभा हुने नेसपा प्रचार विभागले जनाएको छ । नेसपाले सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, रोजगारीको...

कर्णालीका नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार एक कार्यक्रमबीच शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्नेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास...