दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख २९,शनिबार १५:५४
File Photo

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ साततले खमारी भित्री सडकखण्डमा शनिबार अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

खमारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षीय जीवन घर्ती रहेका छन् । दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार, उक्त अटो सडकदेखि करिब ३० मिटर तल खोलामा खसेको थियो ।