एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने केन्द्रीय प्रचार विभागले जनाएको छ ।
सो बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ ।
