समाचार

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईँदैछ । आज विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउने भएको हो । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । सोही...

आज मौसम मुख्यतया सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि...

गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–१० बस्ने ४० वर्षीय पाल्साङ मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई करिब ५ किलो लागूऔषध गाँजासहित प्रहरी चौकी रातोमाटेबाट खटिएको...

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङगा घर भएका सन्तोष परियार रहेका छन् । ३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते हुने

मकवानपुर । गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । भेला मकवानपुरको थाहा नगरपलिका वडा न ७ डाँडाबासमा हुने भएको छ । उक्त भेला गोले तामाङ...

बजेट अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले संघीय संसद्को बजेट अधिवेशन बोलाउने तयारी गरेको छ । सरकारले यही वैशाख २५ गते आगामी बजेट अधिवेशन बोलाउने तयारी गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए । मन्त्री गिरीले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको...

छुटेका बालबालिकालाई खोप लगाइँदै

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुट्का बालबालिकालाई खोप लगाउने भएको छ । सरकारको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ संचालन गर्न...

मकवानपुरका दुई पत्रकारलाई पुरस्कार प्रदान

मकवानपुर । पत्रकार महासंघ मकवानपुरले जिल्लामा कार्यरत दुई जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । महासंघले आफ्नो १८ औं साधारणसभा एवम् १२ औं अधिवेशनको अवसर आयोजित कार्यक्रममा पत्रकारद्वय सरिता दाहाल र नवराज शर्मा तिमल्सिनालाई विभिन्न विधामा पुरस्कार प्रदान गरेको हो । महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठ स्मृति पुरस्कारबाट...

पत्रकारिता क्षेत्रलाई जवाफदेही बनाउनुपर्नेः मेयर लामा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले राष्ट्रको स्वाधिनता, राष्ट्रियता र मानव अधिकारको प्रत्याभूति तुल्याउन व्यवसायी पत्रकारिता क्षेत्रलाई अब जवाफदेही बनाउनुपर्नेमा जोड दिएकी छन् । बुधबार नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औं साधारणसभा एवम् १२ औं जिल्ला अधिवेशनको हेटौंडामा आयोजित कार्यक्रममा बोेल्दै मेयर लामाले सो कुरामा जोड दिएकी हुन्...

बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । पर्साबाट बैंकमा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको वीरगञ्जस्थित नबिल बैंकमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका दुबै जनाको पहिचान खुलाएको छनै । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण नखुलाएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चोरी...