स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री सहयोग
मकवानपुर । रोटरी क्लब अफ मकवानपुरले हेटौंडा–१, भैरवडाँडास्थित भैरव आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
रोटरी क्लब अफ मकवानपुरको १० औं स्थापना दिवसको अवसरमा आइतबार एक कार्यक्रमबीच विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
विद्यलयमा अध्ययनरत ५० जना विद्यार्थीलाई जोमेटिबक्स, कपी–कलमलगायत १५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त शैक्षिक सामाग्री शैक्षिक सामाग्री हस्न्तारण कार्यक्रम रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अन्जनी पराजुली र हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हुद्दबहादुर दर्लामी, रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष राजन कटुवाल, क्लबका पुर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
