प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

तु खबर संवाददाता
२०८१ बैशाख ३०,आईतवार ०८:३२
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।

संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्रीले कांग्रेसका शीर्ष नेताहरुलाई आज ९ बजे छलफलमा बोलाएका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् ।