समाचार

बलात्कार आरोपमा राई पक्राउ

काठमाडौं । बलात्कार आरोपमा फरार आरोपीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–१६ घर भएका ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईमाथि यही वैशाख १ गते ललितपुरको गोदावरीमा १२ वर्षीय बालिकालाई टहरोमा लगेर बलात्कार गरेको आरोप छ । बलात्कारपछि फरार भएका उनलाई...

दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा सोमबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिल्लाको सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको...

सहकारीका व्यवस्थापकको लागि क्षमता विकास तालिम

मकवानपुर । हेटौंडामा सहकारी व्यवस्थापकहरुको लागि दुई दिने क्षमता विकास तालिमको आयोजना गरिएको छ । राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाले आयोजना गरेको उक्त तालिम सोमबारबाट सुरु भएको हो । बैंकको एन.सि.बि.एल. सदस्य शिक्षा कार्यक्रम २०८०/८१ अन्तर्गत उक्त तालिम संचालन गरेको राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश प्रमुख रामेश्वर अर्यालले...

लुम्बिनी प्रदेश सभाको बैठक वैशाख २० मा बस्ने

तुलसीपुर । लुम्बिनी प्रदेश सभाको आगामी बैठक यही वैशाख २० मा बस्ने भएको छ । प्रदेशको चौथो अधिवेशनको चौथो बैठक वैशाख २० गते बिहीबार बस्ने गरी आह्वान गरेको प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए । उनका अनुसार, बैठक २० गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । लुम्बिनीको तेस्रो बैठक...

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैदिन तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ । सो बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम÷ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा...

४० लाख रुपैयाँको अवैध सामान बरामद, भारतीय नागरिक पक्राउ

धनगढी । धनगढीमा प्रहरीले ४० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–४ मा रहेको हरि ओम हार्डवयर एण्ड सप्लायर्सको गोदाममा प्रहरीले छापा हानेर ४० लाख ४ हजार रुपैयाँको सामान बरामद गरेको जनाएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान...

सुदूरपश्चिम प्रदेशः गठबन्धनको बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक आह्वान गरेका छन् । बैठक आज बिहान ९ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको हो । वैशाख ६ मा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । त्यसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा...

इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पराजित गर्दै सुहाङ निर्वाचित भएका हुन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दा खड्काले...

हेटौंडामा कृषि उत्पादन तथा सँस्कृति प्रर्वद्धन मेला हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा कृषि उत्पादन तथा सँस्कृति प्रर्वद्धन मेला २०८१ हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, नागस्वती युथ क्लबले आयोजना गर्न लागेको उक्त मेलाबारे सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको  हो । मेला यही वैशाख १९ गतेदेखि ३० गतेसम्म संचालन हुने आयोजक क्लबका अध्यक्ष...