ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुँदैछ ?

तु खबर संवाददाता
२०८१ बैशाख २८,शुक्रबार १६:०८
file-photo

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार, तोलामा एकैदिन २ हजार ३ सय रुपैयाँको वृद्धि आएसँगै छापावाल सुनको भाउ तोलामा १ लाख ३७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको भाउ तोलामा १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । भाउ बढेसँगै आज तोलामा १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।