श्रीमतीको चरित्रहत्या गर्ने मकवानपुरका युवक पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १६:००

काठमाडौं । आफ्नै श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भई हाल काठमाडौंको जडीबुटी बस्ने २४ वर्षीय एक युवक रहेका छन् ।

ती युवकलाई प्रहरीको साइबर ब्युरोले बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, वैदेशिक रोजगारीमा हुँदा ह्वाट्स एपमा आदान–प्रदान गरेको गोप्य अंग देखिने फोटो र भिडियो ती युवकले दुरुपयोग गरेर फेक अकाउन्ट बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

पीडितकी दिदीले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दा ती युवकले नै चरित्रहत्या गरेको खुल्न आएपछि निजलाई पक्राउ गरिएको हो ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।