एमाले कपिलवस्तुको अध्यक्षमा खनाल

बुटवल । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित भएका छन् ।
पार्टीको १० औं जिल्ला अधिवेशनबाट बहालवाला अध्यक्ष डम्मर शर्मालाई पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
अनालले शर्मालाई २४ मतान्तरले पराजित गरेको हो । खनालले २७८ मत प्राप्त गर्दा शर्माले २५३ मत प्राप्त गरेका छन् ।
खनाल अघिल्लो अधिवेशनमा शर्मासँगै पराजित भएका थिए ।
यस्तै, उपाध्यक्षमा शंकर पाण्डे, सचिवमा सीबी गहतराज, उपसचिवमा सुशिला दर्लामी र देवीबहादुर पोखरेल विजयी भएका छन् ।
उक्त अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।