हेटौंडामा एक वृद्धामाथि कैची प्रहार, एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ३०, आईतवार १०:३८

मकवानपुर । मकवानपुरको हेटौंडामा एक वृद्धामाथि कैची प्रहार भएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ प्रगतिटोल बस्ने अन्दाजी ६५ वर्षीया वृद्धा गोमा दमाईमाथि कैची प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गोमालाई आफ्नै भतिज अन्दाजी ५० वर्षीय कमल परियारले शनिबार कैची प्रहार गरेका हुन् । कमलले मापसे गरी काकी गोमालाई कैचीले प्रहार गरेका हुन् ।

कैची प्रहारबाट गोमाको टाउको चोट लागेको छ । उनको अवस्थामा गम्भीर रहेको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले गोमालाई कैची प्रहार गर्ने कमललाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।