पोखरास्थित एभरेस्ट बैंक तोडफोड
पोखरा । पोखरामा रहेको एक एभरेस्ट बैंकमा गएराति तोडफोड गरिएको छ ।
राती अपरिचित व्यक्तिहरुले बैंकको सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार, सिसा फुटाए पनि लुटपाट चाहिँ भएको छैन ।
उक्त तोडफोड कस्ले र किन गरेको भन्ने बारे कास्की प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।