दुर्घटनामा परेर ८ जना चिनियाँ पर्यटक घाइते

तु खबर संवाददाता
२०८१ बैशाख ६,बिहीबार ०८:४८

पोखरा । पोखराको राष्ट्र बैंक चोकमा माइक्रो र स्कार्पिओ एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना चिनिया पर्यटक घाइते भएका छन् ।

ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङ चोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रो हाइस एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त हाइसमा १३ जना चिनियाँ नागरिक सवार थिए । तीमध्ये ८ जना घाइते भएका हुन् । घाइते उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घाइते सबैको अवस्था खरामुक्त रहेको छ ।

स्कारपिओले राष्ट्र बैंकमा रहेको एक्सप्रेस मनिचेन्जरमा क्षति पुगेको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।