५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने संघीय सरकारको घोषणा

तु खबर संवाददाता
२०८१ जेष्ठ १,मंगलवार १६:१३

काठमाडौं । संघीय सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको घोषणा गरेका हुन् ।

सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकार बिच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने उनले बताए ।

पौडेलले ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पुर्याउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने उल्लेख गरे ।