स्थापना दिवसको अवसरमा बृद्धाश्रमलाई सहयोग
मकवानपुर । राष्ट्रिय युवा संघ नेपालको ३५ औँ स्थापना दिवसको अवसरमा आज बृद्धाश्रमलाई सहयोग गरिएको छ ।
युवा संघ हेटौंडा उपमहानगर कमिटीको आयोजनामा आज हेटौंडा–२ स्थित ओम बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई फलफूल तथा खाद्यान्न वितरण कार्यक्रम भएको हो ।
संघले आश्रममा दाल, चामल, नुन तेललगायतका खाद्यान्न र फलफूल उपलब्ध गराएको नगर अध्यक्ष अनिल काफ्लेले जानकारी दिए ।
युवाहरुको अग्रणी संस्था युवा संघको स्थापनाको अवसरमा परोपकारको भावना सहित खाद्यान्न तथा फलफूल सहयोग गरेर बृद्धाश्रमलाई राहत पुर्याउनुको साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न खोजिएको उनले बताए ।
सो अवसरमा संघका बागमती प्रदेश कोषाध्यक्ष नरेन्द्र भण्डारी, जिल्ला संयोजक राजेश नगरकोटीलगायतको उपस्थिति रहेको थियो ।

