समाचार

बस दुर्घटनामा परेर त्रिविका प्राध्यापकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा उनको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् । उक्त दुर्घटनामा...

नेपालीको औषत आयु ७१.३ वर्ष पुग्यो

काठमाडौं । नेपालको कुल औषत आयु ७१ दशमलव ३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसांख्यिक सूचक अनुसार, हाल नेपालको औषत आयु ७१ दशमलव ३ वर्ष पुगेको हो । जसमा पुरुषको औषत आयु ६८ दशमलव २ रहेको छ भने महिलाको ७३ दशमलव ८ वर्ष रहेको छ ।...

बेपत्ता बालकको शव फेला

कास्की । कास्कीको पोखरा महानगरपालिका–१८ खपौदीस्थित हपर्न खोलामा बेपत्ता भएका बालकको शव फेला परेको छ । मालेपाटन बस्ने १५ वर्षीय सोनम सुवेदीको शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव गोताखोरले निकालेको हो । सँगै पौडी खेल्न गएकाहरूले खबर गरेपछि नम्बर–२४ कालिका गणबाट परिचालित गोताखोरले उनको शव निकालेको...

बागमतीमा ११ हजारमा डेंगू, कुन जिल्लामा कति ?

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो समय डेंगू सङ्क्रमितको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा बागमती प्रदेशमा ११ हजारभन्दा बढीमा डेंगू संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार, चालु आव २०८०/०८१ को साउनदेखि हालसम्म प्रदेशमा ११ हजार चार सय ९ जना डेंगू संक्रमण...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भोजपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार भोजपुरबाट एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका–१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्राती रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, मंग्रातीले ती बालिकालाई वैशाख...

जापानकी विदेशमन्त्री खामीखावा नेपाल भ्रमणमा

काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको एक दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् । उनी परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा आज नेपाल भ्रमणमा आएकी हुन् । खामीखावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्नेछिन् । उच्चस्तरीय भेटवार्ता भएपनि कुनै सन्धी...

राष्ट्रपति पौडेलले गरे विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार एउटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपतिले आइतबार सो विधेयक प्रमाणीकरण गरेको जानकारी दिइन् । संघीय संसद्को दुवै सदनको...

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज २४ दशमलव ५८ अङ्कले घट्दै नेप्से परिसूचक १९७४ दशमलव ३७ विन्दुमा पुगेर रोकिएको हो । यस्तै, आज ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब ७९ करोड ५७ लाख...

१३ जुवाडे प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले दुई छुट्टाछुट्टै जिल्लाबाट १३ जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मोरङ र काठमाडौं जिल्लाको विभिन्न स्थानबाट शनिबार १३ जुवाडेलाई नियन्त्रणमा लिएको हो । प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–१० प्रतिभा टोल बस्ने प्रेम बहादुर चौहानको घरमा जुवातास खेलिरहेको अवस्थामा चौहान समेत ७ जनालाई नियन्त्रणमा भएको जनाएको छ ।...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, मोरङ र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको इटहरी महानगरपालिका–५ शान्तीमार्ग टोलबाट अवैध लागुऔषध खैरो हेरोइन ४ सय ९० मिलिग्रामसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ...