दुर्घटनामा परेर हेटौंडाका मुडभरीको मृत्यु
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बागमती गाउँपालिका– ४, सादेपुलमा बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने केशव प्रसाद मुडभरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार, बागमतीको भोर्लेनीबाट काभ्रेको तालढुङ्गा जाने भित्रिसडकमा ना ७ त २२५९ नम्बरको ट्याक्टरमा लोड भएको रडमा ना.६६ प ९३०३ नम्बरको स्कुटर ठोक्किर दुर्घटना हुँदा मुडभरी गम्भीर घाइते भएका थिए ।
घाइने उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक उनी व्यावसायी तथा पूर्व सञ्चारकर्मी हुन् ।
उक्त घटनामा संलग्न ट्याकटर चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्वर ९ भिमान बस्ने वर्ष ४१ को खड्क बहादुर बुढाथोकीलाई प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ । बुढाथोकी ट्याकटर धनी समेत हुन् ।
