बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णयहरु
मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षमा बसेको मन्त्रिपरिषद्ले विभिन्न ७ वटा निर्णय गरेको हो ।
यस्ता छन् निर्णयहरु :
१) युवा तथा खेलकुद मन्त्रालय बनाउने जिम्मा रमा आले मगरलाई दिने ।
२) प्रदेश विकास परिषदमा सदस्यहरु मनोनयन गर्ने ।
३) सहिद स्मारक प्रकृति प्रतिष्ठान थानकोटको व्यवस्थापन गर्न जिम्मेवारी तोक्ने ।
४) प्रदेश खेलकुद परिषद् नियमावली २०७६ को दोश्रो संशोधन स्वीकृत प्रदान ।
५) प्रदेश विश्वविद्यालय संरक्षण समितिको सदस्यहरुमा प्रा.डा. चन्द्रमणि पौडेल र कृष्ण कटुवाल मनोनयन गर्ने निर्णय ।
६) प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयन गर्न सुझाव कार्यदल गठन गर्न र सो कार्यदलको सेवा सुविधा तथा शर्तसम्बन्धी व्यवस्थासम्बन्धी निर्णय ।
७) प्रदेश कला सम्बर्धन तथा संस्कृति संरक्षण सम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि स्वीकृती प्रदान ।