प्रदेश उच्च शिक्षा ऐन सम्बन्धि अध्यादेश स्वीकृत
मकवानपुर । बागमती प्रदेश सभाको बैठकबाट ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश’ बहुमतले स्वीकृत भएको छ ।
आज अपराह्न बसेको दोस्रो प्रदेश सभाको दोस्रो बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत प्रदान गरेको हो ।
उक्त अध्यादेश बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सभामा स्वीकृत गरियोस् भनि प्रस्ताव पेश गरेकी थिइन् ।
यस्तै, सोही बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश लोक सेवा आयोगको चौँथो वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
