हेटौंडा ११ मा टेलरिङ् र ब्यूटिसिएन तालिम सुरु

तु खबर संवाददाता
२०८१ जेष्ठ २,बुधबार १८:२१

 

हेटौंडा । हेटौंडा ११ मा टेलरिङ्ग तथा ब्यूटिसिएन तालिम सुरु भएको छ । बुधबार बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरेका हुन् ।

उनले तालिम पूरा गरेर आयस्रोतको बजारसंग जोडिन तालिममा सहभागीहरुलाई आग्रह गरे । सिप सिकेर उद्यमशील भए आर्थिक रुपमा सबल भइने पौडेलको भनाई थियो ।

यस्तै बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सहभागीहरुले रहरका लागि भन्दा पनि तालिम लिएर स्वरोजगार हुनुपर्नेमा जोड दिए । उनले तालिम प्रदायक संस्थालाई तालिममा कुनै कमी नगर्न समेत सुझाव दिए ।

प्रदेश युवा परिषद बागमतीद्वारा आयोजित तालिमको प्रदायक संस्था युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेसनल प्रा. लि. काठमाडौँ  रहेको छ । संस्थाले देसैभरी सिपमुलक तालिम प्रदान गरिरहेको संस्थाका कार्यकारी निर्देशक केदार बास्तोलाले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको समन्वयमा सुरु भएको तालिममा ४० जना सहभागी छन् । वडाअध्यक्ष जुना दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।