बागमती प्रदेश सभा बैठक बस्दै
![](https://www.tukhabar.com/wp-content/uploads/2021/06/bagamati-pradeshsabha-hetau-e1636340921103.jpg)
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
उक्त बैठकमा विशेष समय हुनेछ । विशेष समयमा प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो धारण, समस्या र सुझाव दिनेछन् ।
साथै आजको बैठकमा केही विधेयकहरु पेस गर्ने कार्यसूची रहेको जनाइएको छ ।
प्रदेश सभाको मंगलबार बसेको बैठकबाट प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहे्क सभामा छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको थियो ।
सो प्रस्ताव प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको तर्फबाट सभामा पेस गरेका थिए ।