एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ । मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको हो ।
बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि १२ वटा समूह बनाएर छलफल भइरहेको छ । समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले आज प्रस्तुत गरेर बैठक समापन गर्ने कार्यसूची रहेको सो पार्टीले जनाएको छ ।
बैठक ललितपुरको बालकुमारीमा जारी छ । उक्त बैठकमा प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूका सुझाव समेत समेटेर अन्तिम रूप दिइने छ ।
एकीकृत समाजवादीले आगामी असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ ।
