एष्ट्रोनोभा फाउण्डेशनको आयोजनामा १८ दिने निशुल्क समर स्टिम क्याम्प सुरु

तु खबर संवाददाता
२०८१ जेष्ठ २,बुधबार १७:३१

मकवानपुर एष्ट्रोनोभा फाउण्डेशन नेपालको अनुसन्धान तथा आविस्कार केन्द्रले हेटौंडामा १८ दिने निःशुल्क समर स्टिम क्याम्प २०८१ आयोजना गरेको छ । मंगलबार क्याम्प विधिवत रुपमा सुरु भएको हो ।

फाउण्डेशनले एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई स्टीम क्याम्पको रुपमा विभिन्न ९ प्रकारको तालिम सञ्चालन गरिरहेको छ ।

जसअन्तरगत विज्ञान प्रविधिसंग सम्बन्धित रोबटिक्स एण्ड अटोमेशन, वेव डेभलपमेन्ट, साइबर सेक्यूरेटी, आर्ट एण्ड पेन्टीङ, रकेट साइन्स एण्ड एनिमेशन, ड्रोन ओर्कशप इन्जिनियर, रिसर्च राइटिङ ओर्कशपलगायत विभिन्न विषयमा प्रशिक्षार्थीहरुलाई विषय विज्ञहरुले सहजिकरण गरिरहेको फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए ।

सानै उमेरदेखि बालबालिकाहरुलाई आफ्नो रुचीको क्षेत्र पत्ता लगाउन सहज होस् र पढाइलाई सिकाइमा रुपान्तरण गर्न मद्धत मिलोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको उनले बताए ।

तालिममा विभिन्न जिल्लाका १३५ जना विद्यार्थीहरु सहभागी छन् । उनीहरुलाई प्रोजेक्ट ओर्क, प्यानल डिस्कसन, सोसिएल क्याम्पेनिङ गराएर शिक्षण सिकाई कार्य सञ्चालन भइरहेको छ ।