जिल्ला अदालतको फैसला उल्टियोः बलात्कार मुद्धामा सन्दिपले पाए सफाइ

तु खबर संवाददाता
२०८१ जेष्ठ २, बुधबार १७:२५
file-photo

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्धामा उच्च अदालत पाटनले सफाइ दिएको छ ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको हो ।

जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।