हाजिरी जवाफ प्रतियोगितामा तुलसी मेहर प्रथम
मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा तुलसी मेहर माध्यमिक विद्यालय प्रथम भएको छ ।
फाउण्डेशनले ३१ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजना गरेको मावि स्तरीय उक्त प्रतियोगितामा १५ वटा विद्यालयलाई पछि पार्दै तुलसी मेहरले पहिलो स्थान हाँसिल गरेको हो ।
यस्तै, प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय द्धितीय, जिएस निकेतन तृतीय र आधुनीक राष्ट्रिय माध्यमिक विद्यालय सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः जनही १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे ।
साथै सहभागि अन्य विद्यार्थी र विद्यालयले सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जग्गनाथ थपलियाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विशाल अधिकारीले निर्णयकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रम मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको हो ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी १५ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ ।
