स्थगित प्रतिनिधि सभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार ०८:२५

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बिहीबार कांग्रेसको अवरोधपछि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिपक्षको अवरोधकाबिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । उनले गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।

सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले अडान लिँदै आएको छ ।