हात्तीको आक्रमणबाट मकवानपुरका राईको मृत्यु

मकवानपुर । हात्तीको आक्रमणबाट मकवानपुरका काले बहादुर राईको मृत्यु भएको छ ।
मनहरी गाउाँपालिका वडा नम्वर ६, प्रतापपुर बस्ने अन्दाजी ५५ वर्षीय राईको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहीबार बिहान स्थानीय चितवन राष्ट्रिय निकुन्जको जंगलमा उनीसहित तीन जना भैँसी चराउन गएको थिए । सो क्रममा हात्तीले आक्रमण गर्दा राईको मत्यु भएको हो ।
उनीसँगै गएका अन्य दुई जनाले त्यस स्थानबाट भागी आफुहरु बाच्न सफल भएको भन्दै निकुन्ज सुरक्षार्थ राखिएको नेपाली सेनाको नयाँ सबुज गण बंकर पोष्ट शुनाचुरी मकवानपुरमा जानकारी गराएका थिए ।
उक्त जानकारी प्राप्त भएसँगै आज बिहान नेपाली सेनाको सोही पोष्टमार्फत् ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले मुचुल्कासहित कानूनी प्रकृया पूरा गरी मृतक राईको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।