समाचार
पाकिस्तानमा आतङ्कवादी हमला हुँदा सात मजदुरको मृत्यु
ग्वादर । पाकिस्तानको ग्वादरमा एक आतङ्कवादी हमला हुँदा सात मजदुरको मृत्यु भएको छ । गएराति आतङ्ककारीहरूले अन्धाधुन्ध गोली चलाउँदा सुतिरहेका सात जनाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चार माध्यमहरूमा छापिएको खबर अनुसार आतङ्ककारीहरूले ग्वादरको साराबन्दमा फिस हार्बर जेट्टी नजिकैको आवासीय क्वार्टरमा आक्रमण गरेका थिए । अन्धाधुन्ध गोली चलाउँदा...
बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु
काठमाडौँ । ललितपुरमा बिहीबार बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ बस्ने ४ वर्षीया बालिका आर्या सन्जेल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ललितपुरको गोदावरी नगरपालिका १० टाखेलमा बा ४ ख ७०४ नम्बरको सार्वजनिक बस रोक्ने क्रममा भुईँमा खसेर उनी गम्भीर...
हिक्मत कार्की तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त, शपथ आजै
विराटनगर । नेकपा एमाले नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । आफैंले नेतृत्वमा पुर्याएका केदार कार्कीलाई विस्थापित गर्दै हिक्मत तेस्रो पटक मुख्यमन्त्रीको पदमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।...
बाँकेको कोहलपुरमा प्रहरीले गोली चलायो
काठमाडौं । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा आज बिहानै गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । काठमाडौंबाट खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको जनाएको छ । ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले...
हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध गाँजासहित मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.१ सानो भाबर बस्ने बर्ष–१९ को बिजय तामाङ र रौतहट बृन्दाबन नगरपालिका वडा नं.१ बस्ने बर्ष–३५ को धर्मेन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ । प्रहरीले...
प्रकाश दाहाल स्मृति भलिबलको उपाधी हेटौंडालाई
मकवानपुर । प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले हात पारेको छ । बुधबार सम्पन्न पहिलो बागमती अन्तरपालिका अन्तरगतको फाइनल खेलमा थाहा नगरपालिकालाई पराजित गर्दै हेटौंडाले उपाधी हात पारेको हो । सो प्रतियोगितामा महाँकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भयो । उपाधि विजेताले हेटौंडाले तीन लाख, उपविजेताले दुई...
हेटौंडामा एक वृद्ध मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१२, दोङटोल बस्ने अन्दाजी ८५ वर्षीय अमृत बहादुर सिङतान मृत अवस्थामा फेला परेका हुन् । उनी आफ्नै घरको चोटाको डाँडा/भाटामा पटुकाको पासो लगाएर झुण्डिएको अवस्थामा बुधबार मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको...
आज कहाँ–कहाँ हुनेछ वर्षा ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको विभिन्न स्थानमा वर्षा हुने जनाएको छ । महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहने जनाएको हो । महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून...
न्याय माग्न अदालत जाँदै मुख्यमन्त्री
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की न्याय माग्न अदालत जाने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेलगत्तै मुख्यमन्त्री कार्की सर्वोच्च अदालतमा रिट दायर गर्न बिहीबार बिहानै काठमाडौं पुगेका छन् । कार्कीले फस्टआवरमा नै रिट दर्ता गर्ने उनका प्रेस सल्लाहकार देवनारायण साहले पुष्टी गरे ।...
बागमती प्रदेशः दुई समितिको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभा अन्तर्गतको दुई वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक आह्वान गरिएको हो । बैठक आज दिउँसो १ बजे प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो । उद्योग...









