एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङको अधिवेशन सम्पन्न
मकवानपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशन संगठनका अध्यक्ष सुजन कुमार मोक्तानको सभाध्यक्षता एवम् एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर अध्यक्ष बसन्त राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो क्रममा अधिवेशनमा प्रमुख अतिथि राईले सबै प्रकारका शिक्षकहरुको हकहित र अधिकार सुरक्षित गर्न एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहन सबै शिक्षक तथा कर्मचारीलाई अपिल गरे ।
अहिलेको रुपान्तरित व्यवस्था प्राप्त गर्न सबैभन्दा ठूलो योगदान र बलिदान दिएको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनले नै रहेको र यस संगठनलाई सबैले उच्च सम्मान गर्नुपर्ने उनको भनाई छ ।
अधिवेशनले अशोक थिङ्गको अध्यक्षतामा २१ सदस्यीय नयाँ राक्सिराङ गाउँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्ष सपना रुम्बा, प्रदिप घलान, सचिवमा प्रकाश थोकर, कोषाध्यक्ष तिर्थराज प्रजा, सहसचिव नारायण महतो चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः महेन्द्र यादव, सूर्यनारयण चौधरी, जुनु दोङ लामा, आशा रुम्बा, डिल्ली प्रसाद स्याङतान, तिलक बिक, गोबिन्द थिङलगायत चयन भएका छन् ।
अधिवेशनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, बनस्तम थिङ, राक्सिराङ गाउँ कमिटी अध्यक्ष हस्तबहादुर लगायतको आतिथ्यता रहेको थियो ।
