आज दिनभरको मौसम कस्तो रहला ?

तु खबर संवाददाता
२०८१ जेष्ठ ६,आईतवार ०९:२८
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।

साथै कोशी र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।