न्यूयोर्कमा भोलि नेपाल डे परेड हुने
न्यूयोर्क, अमेरिका । न्यूयोर्कको म्यानहाटनमा भोलि आइतबार नेपाल डे परेडको आयोजना हुने भएको छ । त्यसका लागि आयोजकले सबै तयारी पूरा भएको जानकारी दिएका छन् । एनआरएनए न्यूयोर्कका अध्यक्ष हेमन्त मल्लका अनुसार, परेडमा नेपाली भेषभुषा, कला र संस्कृतिको प्रर्दशन हुनेछ ।
म्यानहाटनको ३८ स्ट्रिटबाट सुरु हुने परेड म्याडिसन एभिन्यूको २४ स्ट्रिटमा पुगेर समापन हुनेछ । एक कार्यक्रमको आयोजनापछि परेड समापन हुने कार्यतालिका रहेको छ ।
न्यूयोर्कस्थित नेपाली महाबाणिज्य दूतावास तथा अन्य नेपाली संघसस्थाले नेपाल डे परेडका लागि महत्वपूर्ण सहयोग गरेका छन् भने कार्यक्रमलाई भव्य बनाउन सबै न्यूयोर्कवासी नेपालीहरुलाई सहभागी हन आयोजकले आह्वान गरेको छ ।
सन् २०१६ देखि न्यूयोर्कमा नेपाल डे परेड आयोजना हुँदै आएको छ । गत वर्ष पनि आयोजना भएको परेडमा न्यूयोर्कका मेयर एरिक एडम्सलगायतकाको सहभागिता रहेको थियो ।
यस अघि नेपाल डे परेडलाई भव्य बनाउन मूल आयोजक समिति समेत गठन भएको थियो । हेमन मल्लको अध्यक्षतामा बनाइएको सो समितिमा न्यूयोर्कमा रहेका विभिन्न नेपाली संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागी गराइएको छ ।