समाचार

कोशी प्रदेश सभाको बैठक आह्वान

विराटनगर । कोशी प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा यही वैशाख ३१ गते बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिस...

रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा शुक्रबार रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । वडा नं ४ फेदी र जिरोकिलोको बिच भागमा पूर्णरुपमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार, ती पुरुषको सनाखत...

ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा प्रकाशित

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा प्रकाशित भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म संचालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा प्रकाशित गरेको हो । दोस्रो चरणको लागि छनोट भएका ६...

प्रतिनिधि सभा बैठक अनिश्चित

काठमाडौं । प्रतिनिधि सभा बैठक अनिश्चित बनेको छ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अनिश्चित बनेको हो । बैठक अघि तयारीका लागि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । सभामुख देवराज घिमिरेले बैठक सुचारु ढंगले अघि बढाउन दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्...

वडाध्यक्ष कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर

बारा । जीतपुर–सिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष ताराबहादुर कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । बैशाख २७ गते बिहीबार विशेष अदालतको दैनिक पेसी सूचीमा वडाध्यक्ष कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको जनाइएको छ । २०८० साल माघ १०...

कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक हाल जारी छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठक केहीबेर अघि सुरु भएको हो । सो बैठकमा पार्टीबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ । यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्व मन्त्रीसमेत रहेका कांग्रेसका...

कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द हुने

धनगढी । कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द हुने भएको छ । भारतमा भइरहेको लोक सभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द गर्न लागिएको हो । भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा यही वैशाख ३१ मा लोक सभा निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि...

मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

म्कवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ भालुखोलामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने गरेको आगलागी, चट्याङ्, बाढी, पहिरो जस्ता विपद्का घटनाको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम जनपत्र मिडिया प्रा.लि.को आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को...

हेटौंडाका १२ परिवारलाई उपहानगरको सहयोग

मकवानपुर । लामो समयदेखि परम्परागत व्यवसायमा रहेका हेटौंडाका १२ परिवारलाई सहयोग प्राप्त भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा दलितबर्ग उत्थान नगर समन्वय समितिको आयोजनामा परम्परागत पेशा आधुनिकीकरण तथा आयआर्जन सामग्री वितरण गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उत्थान समितिले छनौंट गरेका बिपन्न परिवारलाई सामग्री हस्तान्तरण...

हेटौंडामा आजबाट प्रदेशस्तरीय युवा सम्मेलन हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले आजबाट दोस्रो संस्करणको प्रदेश युवा सम्मेलनको आयोजना गर्न लागेको हो । युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउँदै नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले उक्त सम्मेलनको आयोजना गर्न...