समाचार
बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बागमती प्रदेशसहित देशको विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाले आज बिहान मौसमी बुलेटिन जारी गरी सोबारे जानकारी गराएको हो । साथै देशका...
बञ्चरो प्रहारबाट २ जनाको हत्या
दाङ । दाङमा शनिबार बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका –१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ घर भएकी ४४ वर्षीया संगीता सुनारको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ...
प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज नेपाली कांग्रेससँग छलफल गर्दैछन् । संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्रीले कांग्रेसका शीर्ष नेताहरुलाई आज ९ बजे छलफलमा बोलाएका छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध...
गोरक्षनाथ महादेव मन्दिर उद्घाटन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ । महादेव मन्दिर निर्माण समितिका अध्यक्ष सुर्यबहादुर पण्डितको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शनिबार नवनिर्मित गोरक्षनाथ महादेवको मन्दिर उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा...
दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ साततले खमारी भित्री सडकखण्डमा शनिबार अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खमारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षीय जीवन...
आठ दलको एउटै आवाजः हेटौंडा अस्पताल मेटाउन खोजे सडक र सदन तताउँछौँ
मकवानपुर । हेटौंडा अस्पताललाई बागमती प्रदेश सरकारद्वारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेर अस्पतालको अस्तित्व नै मेटाउने प्रयास भइरहेको भन्दै मकवानपुरका राजनीतिक दलहरुले संयुक्त रुपमा विरोध जनाएका छन् । प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौंडा अस्पताललाई प्रयोगशालाका रुपमा लिइने भनेर गरिएको सहमतिमा एकाएक परिवर्तन गरी अस्पतालको...
बागमती: पाचँ वटा समितिको निर्वाचन जेठ ४ गते हुने
मकवानपुर । बागमती प्रदेश सभा अन्तरगत रहेको विभिन्न ५ वटा समितिको सभापति पदको निर्वाचन आगामी जेठ ४ गते हुने भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको विभिन्न समितिको निर्वाचन गर्ने विषयमा सबै दलहरुबीच सहमति भएको बताउँदै डेढ वर्षदेखि रिक्त पाँच समितिको सभापतिको निर्वाचनबारे जानकारी दिए...
बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रमुख यादव चन्द्र शर्माले बागमती प्रदेश मन्त्री परिषदको बैठकले निर्णय गरी पठाए अनुसार प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले वर्षे अधिवेशनको रुपमा चिनिने बजेट अधिवेशन बैठक यही बैशाख ३१ गते अपरान्ह १ बजे बस्ने...
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने केन्द्रीय प्रचार विभागले जनाएको छ । सो बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ ।
एमाले कपिलवस्तुको अध्यक्षमा खनाल
बुटवल । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनबाट बहालवाला अध्यक्ष डम्मर शर्मालाई पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् । अनालले शर्मालाई २४ मतान्तरले पराजित गरेको हो । खनालले २७८ मत प्राप्त गर्दा शर्माले २५३ मत प्राप्त गरेका छन् ।...









