प्रतिनिधि सभा बैठक जेठ ११ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ ।
यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गरेका छन् ।
काँग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको आरोप लगाउँदै केही दिनदेखि संघीय संसद्को दुबै बैठकमा अवरोध गर्दै आएको छ ।
